गृहमन्त्री सुदन गुरुङले दिए राजीनामा
काठमाडौ —गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारी सम्हाल्दै आएको उल्लेख गर्दै पछिल्लो समय आफ्नो शेयरसँग सम्बन्धित विषयमा नागरिकस्तरबाट उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिएको बताएका छन्। गुरुङले पदभन्दा नैतिकता ठूलो हुने र जनविश्वास भन्दा ठूलो शक्ति अरू केही नहुने स्पष्ट पार्दै देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग बढिरहेको...